काठमाडौं – बुधबार सुनको भाउ तोलामा १२०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १२०० रुपैयाँले घटेर ९९ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । मंगलबार पनि सुनको भाउ तोलामा १८०० रुपैयाँले घटेको थियो ।
मंगलबार छापावाल सुनको भाउ १ लाख ३०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख रुपैयाँ निर्धारण भएको थियो । बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १३७० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १३८० रुपैयाँमा कारोबार भएको थियो ।