Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडाैं – नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम तयारी भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट विमानस्थल उद्घाटन गराउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राष्ट्रिय गौरवको आयोजना यस विमानस्थलमा हालसम्म कुवेतको जजिरा एयरवेजले नियमित उडानका लागि निवेदन दिइसकेको छ । प्राधिकरणका अधिकारीहरूका अनुसार सम्भवतः जजिरा एयरवेजले नै यो विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्नेछ ।

जजिराले आउँदो बुद्ध जयन्तीको अवसर पारेर जेठ २ गते कुवेत-भैरहवा-कुवेत उडान गर्नेछ । जजिराले सातै दिन उडानका लागि प्राधिकरणमा निवेदन दिएको छ । तर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि नेपालमा उडान भर्दै आएका अरू विमान कम्पनीहरूले पनि इच्छा देखाएका छन् । प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीका अनुसार पाँच/सात विमान कम्पनीहरूले उडानका लागि छलफल गरिरहेका छन् ।

उनले जजिरासहित नेपाल एयरलाइन्स, थाई स्माइलले पनि उडान गर्ने बताए । ‘नेपाल एयरलाइन्स, थाई स्माइलले पनि उडान गर्छ । अन्य विभिन्न विमान कम्पनीहरू पनि सम्पर्कमा आएका छन्’, उनले भने, ‘पाँच/सात विमान कम्पनीहरूले कुराकानी गरिरहेका छन् । बिस्तारै औपचारिक रूपमा नै निवेदन आउँछन् ।’

प्राधिकरणका उपमहानिर्देश एवं प्रवक्ता देवचन्द्रलाल कर्णले विमानस्थल सञ्चालनका लागि सबै प्रक्रिया पूरा भएको बताए । ‘क्यालिब्रेसन फ्लाइट सफलतापूर्वक सम्पन्न भइसकेको छ । अब विमानस्थल सञ्चालन गर्ने काम मात्रै बाँकी छ’, उनले भने ।

उनका अनुसार वैशाख १ गते नेपाल एयरलाइन्सले विमानस्थलमा परीक्षण उडान गर्नेछ । त्यसपछि वैशाख ७ देखि विमानस्थल व्यावसायिक उडानका लागि खुला हुनेछ । विमानस्थलमा वैशाख ७ देखि आन्तरिकतर्फ नियमित उडान हुनेछ ।

सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने/नगर्ने कुनै निर्णय गरिसकेको छैन । तर, प्राधिकरणका महानिर्देशक अधिकारीले भने नेपाल एयरलाइन्सले पनि उडान गर्ने विश्वास व्यक्त गरे । निगमका अधिकारीहरूले यो विमानस्थलबाट उडान सञ्चालनबारे आन्तरिक रूपमा छलफल गरिरहेको बताए ।

निजी क्षेत्रबाट सञ्चालित हिमालय एयरलाइन्सले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने विषयमा हालसम्म कुनै निर्णय गरेको छैन । तर, अध्ययनको काम गरिरहेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए । एयरलाइन्सले बजार, प्राविधिक पक्ष, आर्थिक पक्ष, व्यावहारिक पक्षलगायत सबै पक्ष हेरेर अध्ययन गरिरहेको र अध्ययनपछि मात्रै उडानबारे निर्णय गर्ने उनले बताए ।

यो विमानस्थलको यात्रु क्षमता वार्षिक करिब चार लाख छ । विमानस्थलबाट एक घण्टामा पिक आवरमा ४०० यात्रु ह्यान्डलिङ गर्न सकिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हाल आन्तरिक उडान हुँदै आएको ‘रन वे’ ट्याक्सी वे बन्नेछ ।

पश्चिम नेपालका यात्रुलाई सुविधा
यो विमानस्थल सञ्चालनमा आएपछि पश्चिम नेपालका यात्रु लाभान्वित हुने महानिर्देशक अधिकारीले बताए । यस्तै, छिमेकी भारतबाट समेत यात्रु आउन सक्ने उनले बताए । प्राधिकरणका प्रवक्ता कर्णका अनुसार यो विमानस्थलबाट खाडी र पूर्वी एसियाका मुलुकहरूमा उडान हुने देखिएको छ ।

भगवान् गौतमबद्धको जन्मभूमि रहेको क्षेत्रमा अवस्थित यो विमानस्थल सञ्चालनमा आएपछि बौद्ध धर्मावलम्बीहरू भएका देशका तीर्थालुहरू बढी आउने अपेक्षा सरकारी अधिकारीहरूको छ । यस्तै, लुम्बिनी, चितवन, पोखरालगायत पर्यटकीय गन्तव्य स्थलनजिक पर्ने भएकाले भारतीय पर्यटकहरूलाई बढी सहज हुने पनि बताइएको छ । त्यसले नेपालको पर्यटन क्षेत्रमा सहयोग पुर्‍याउने विश्वास पर्यटन व्यवसायीहरूको छ ।

तपाईको प्रतिक्रिया