Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आरोपमा राजश्व अनुसन्धान विभागले दुई जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

क्रिप्टोकरेन्सीका विभिन्न माध्यमहरू बाइनान्स, एडीभी क्यास, क्वाइन बेस, पाक्सफुललगायतका एपमार्फत नेपाल सरकारले गैरकानुनी मानेका क्रियाकलाप र कारोबार गरेको आरोपमा मोरङको रतुवामाईका पुस्कर श्रेष्ठ र रतुवामाईकै विनिता लिम्बुविरुद्ध नौ करोड ७४ लाख ६९ हजार नौ सय ८३ रुपैयाँ जरिबाना माग गरेर मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

क्रिप्टोमा लगानी गर्ने क्रममा पुस्कर श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार, सिटिजन्स बैंकबाट दुई करोड ५१ लाख, एनआईसी एसिया बैंकबाट एक करोड ८२ लाख, राष्ट्रिय वाणिज्य बैंकबाट दुई करोड ३६ लाख गरी सात करोड ५७ लाख र विनिता लिम्बुले एनआईसी एसियाबाट दुई करोड १६ लाख रुपैयाँ बराबरको अनलाइनमार्फत अवैध रूपमा अमेरिकी डलरको कारोबार गरेको विभागले जनाएको छ । उनीहरूविरुद्ध विदेशी विनिमय नियमन गर्ने ऐनअनुसारको कारबाही माग गरेर मुद्दा दर्ता भएको विभागको भनाइ छ ।

सरकारले नेपालमा क्रिप्टोकरेन्सी र कुनै पनि किसिमका डिजिटल मुद्रालाई कानुनी मान्यता दिएको छैन । नेपाल राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी लगायतकाले क्रिप्टोमा लगानी नगर्न पटक-पटक सूचना निकालेर सचेत गराउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया