आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट हेल्थ डेस्क हटाइएको छ । अधिकांश मुलुकहरूले विमानस्थल परिसरबाटै पीसीआर रिपोर्ट नचाहिने नियम बनाएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रस्थान कक्षबाट ‘हेल्थ डेस्क’ हटाएको हो ।

विमानस्थलमा रहेको स्वास्थ्य मन्त्रालयको हेल्थ डेस्कका प्रमुख गोपाल पाण्डेका अनुसार, फागुन अन्तिम सातादेखि विमानस्थलमा कोरोना जाँचेको पीसीआर रिपोर्टमा ‘भेरिफाइड’ लेखिएको छाप लगाइँदैन । अब नेपालबाट विदेशिने यात्रुहरुलाई ती मुलुकको स्वास्थ्य नियमबारे सम्बन्धित वायुसेवा कम्पनीले जानकारी दिने छन ।

यो नियम आउनुअघि प्रहरीलाई चेक(इन काउन्टरमा पस्दै गर्दा यात्रुले ४२ घन्टाअघिको पीसीआर रिपोर्ट, बारकोडसहितको खोपकोर्ड अनिवार्य देखाउनुपर्ने नियम थियो ।

तपाईको प्रतिक्रिया