Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

टाेकियाे – जापानी येन पाँच वर्ष यताकै कमजोर हुन पुगेको छ । अमेरिकी केन्द्रीय बैंक तथा बैंक अफ इङ्गल्यान्ड औसत ब्याजदर वृद्धि गर्न तयार रहेको अवस्थामा बैंक अफ जापानले नकारात्मक औसत ब्याजदर कायम गर्दा येन पाँच वर्ष यताकै कमजोर विन्दुमा पुगेको छ ।

एसियाली विनिमय बजारमा एक डलर बराबर ११७.८८ येन हुन पुगेको छ । उक्त विनिमय दर सन् २०१७ जनवरी महिना यताकै कमजोर हो । अरू देशहरूले ह्वाकिस नीति अवलम्बन गरिरहेको बेलामा जापानले डोभिस नीति अपनाइ रहेको छ । कोभिड-१९ले विक्षिप्त पारेको अर्थतन्त्र उकास्न जापानले अहिले पनि रोजगारी दर वृद्धि गर्नमा ध्यान दिइरहेको छ ।

रुस-युक्रेन युद्धको प्रभाव युरोपेली बजारमा पर्ने हुँदा पाउन्ड स्ट्रलिङ्ग पनि डलरको तुलनामा कमजोर भएको छ भने महँगी दर बढिरहेको छ । डलर बढेसँगै अमेरिकी ट्रेजरी सेक्युरिटिजहरुको ब्याजदर कुपन रेटमा वृद्धि आएको छ ।

तपाईको प्रतिक्रिया