आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – युक्रेनको राजधानी किएभस्थित अमेरिकी दूतावासले अमेरिकी नागरिकहरूलाई तत्काल युक्रेन छाड्न पुन: ताकेता गरेको छ ।

जारी रुसी हमलाले त्यहाँको सुरक्षा अवस्था ‘हिंसात्मक तथा अनुमान गर्न नसकिने’ हुन थालेको उसले उल्लेख गरेको छ । यात्रामार्ग र त्यसका जोखिमबारे पनि निकै सोचविचार गर्न दूतावासले आफ्ना नागरिकलाई अनुरोध गरेको हाे ।

सडकहरूमा भिड हुनसक्ने, लडाइँ भइरहेको हुनसक्ने वा पूर्वाधार नै ध्वस्त भएको हुनसक्ने बारे ख्याल गर्न उसले भनेको छ । ज्यानुअरीमा अमेरिकी विदेशमन्त्रालयले युक्रेनमा रहेका अमेरिकीहरूको यकीन सङ्ख्या आफूसँग नभएको जनाएको थियो ।

तपाईको प्रतिक्रिया