Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडाैं – नेपालको सुन्दरता देखेर जो कोही पर्यटक मोहित हुन्छन् । भौतिक पूर्वाधारमा अन्य देशभन्दा पछाडि रहेपनि सुन्दरतामा तुलना गर्न नमिल्ने उनीहरूको प्रतिक्रिया हुन्छ । नेपाल घुम्न आएको धेरै पर्यटक सुन्दर दृश्य मन र क्यामेरामा कैद गरेर स्वदेश फर्किन्छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तीमध्ये कोही फेरि नेपाल आउँछन् त कोही सम्झनामै रमाउँछन् । तर इटालियन नागरिक ‘कार्लो मेम्बर्टो’लाई भने नेपालको सुन्दरताले स्वदेशलाई भुलाइदियो । सन् २००६ मा हिमालयको पदयात्रामा निस्केका इटालियन पदयात्री कार्लो मेम्बर्टोलाई नेपालको प्राकृतिक सुन्दरता र नेपाली आतिथ्यताले मन मुटुमा स्थान बनायो । त्यही भएर त, केही समयको नेपाल यात्रापछि स्वदेश फर्किएका उनी नेपाल र नेपालीको मायाले पुनः नेपालमै फकिए ।

त्यसपछि उनले नेपाल र नेपालीका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ शुरु गरे पर्यटन व्यवसाय । इटालीका नागरिकलाई नेपाल घुमाएर पर्यटन प्रवर्द्धनमार्फत नेपालीको रोजगारमा टेवा पुग्ने उद्देश्यका साथ पर्यटनमा लागेको उनी बताउँछन् । नेपालका विभिन्न स्थानमा घुम्दै गर्दा यहाँको पीडा र समस्या बुझ्दै जाँदा रोजगारी मात्रै नेपालको समस्या नभएको उनले महसुस गरे । र शुरु गरे, सामाजिक काम पनि र इटालीको मिलानबाट सन् २००९ मा ‘फिनाले फर नेपाल’ अभियानको शुरुवात गरेको कार्लो मेम्बर्टोले बताउँछन् ।

शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेका कार्लो मेम्बर्टोले भने, ‘नेपालको पर्यटन, सांस्कृतिक विविधता विश्वभर चिनाउन र विभिन्न रमणीय ठाउँहरूप्रति विदेशी पर्यटकको आकर्षण बढाउन ‘फिनाले फर नेपाल’ अभियान शुरु गरेँ ।’ इटालीमा जन्मिएपनि नेपाल र नेपालीप्रतिको माया र सम्मानले यो अभियान शुरु गरेकाे उनी भन्छन् ।

सो अवसरमा उनले ‘फिनाले फर नेपाल’ पर्यटन प्रवर्द्धन तथा पुनर्स्थापना र भविष्यबारे पनि जानकारी गराए । खासमा फिनाले अर्थात् इटालीको एक सुन्दर पर्यटकीय नगरी । फिनाले एक सुन्दर शहर, जहाँ बर्सेनि लाखौँ पर्यटक ओइरिन्छन् । नेपालजस्तै चट्टानयुक्त अग्ला पहाडहरू भएको फिनालेमा पर्यटकहरू ट्रेकिङ गर्न मन पराउँछन्, त्यहाँ बाइकिङ ट्रेलहरू छन्, रक क्वाइम्बिङ गर्न सकिन्छ ।

कार्लो मेम्बर्टोकाअनुसार समुद्री सतहसँग जोडिएको भूभाग समेत भएकाले त्यहाँ कोही डुङ्गा खियाउन, पौडी खेल्न, स्नोर्कलिंग र सनबाथिङ गर्न आउँछन् र रातको समयमा समुद्री तटमा रहेका डिस्कोहरूमा रमाइलो गर्छन् । त्यही सुन्दर शहरका कार्लो माम्बेर्टो नेपालमा छन् । उनी नेपाल आएको झण्डै १४ वर्ष बितेछ । उनी नेपालमै छन् । ‘म यहाँ आउँदा ३० वर्षको थिए । जवान थिएँ, धेरै जोसिलो थिएँ ।,’ उनी हाँस्दै भन्छन्, ‘अहिले ४४ वर्षको भइसके नेपालमै छु । यहाँको पर्यटन र सामाजिक क्षेत्रमा केही गरिरहेको छु । केही गर्ने कोसिस गर्दैछु । यतै रमाइलो लाग्छ ।’

उनी बेला बेला मक्ख हुँदै उठ्थे आफ्नो कथा सुनाउँथे । फेरि थामिन्थे यो क्रम केही बेर चल्यो । उनी शारीरिक अशक्त आमाबाबुबाट जन्मेका सन्तान हुन् । बुबा आमा बोल्न र सुन्न नसक्ने भए पनि उनी भने बोल्न र सुन्न सक्छन् । आफू नेपालमा पर्यटनको अथाह सम्भावना देखेको उनी सुनाउँछन् । ‘नेपाल एक जादुमयी देश हो । यहाँ सब थोक छ । यहाँको पर्यटन क्षेत्रको विकासका लागि सबै लाग्नुपर्छ,’ उनी भन्छन् ।

उनले नेपालमा रहेर रक क्लाइम्बिङ, हिउँमा चिप्लेटी खेल्ने ‘स्की’ लगायतका साहसिक खेलको सम्भावना खोजी गरे । उनले शुरू गरेको रक क्लाइम्बिङ नगरकोटमा सञ्चालन भइरहेको सुनाए । उनले नेपालमा त्यस्ता साहसिक काम गराउने मात्र होइन नेपालीलाई समेत सिकाएर दक्ष बनाउने गरेका छन् । कार्लो मेम्बर्टो नेपालबारे इटालीमा थप प्रचार प्रसार गर्न चाहन्छन् । हालसम्म हजारौँ इटालियन पर्यटकलाई नेपाल भ्रमण गराइसकेका कार्लोको अबको योजना पनि नेपालमा इटालियन पर्यटक भित्र्याउन सहयोग गर्ने नै हो ।

उनी हाल ‘फिनाले फर नेपाल’मार्फत थुप्रै सामाजिक कार्य समेत गर्दै आएका छन् । उनी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नेदेखि पर्यटकीय क्षेत्रको फोहोर संकलन गर्ने लगायतका अभियान चलाउँछन् । कोरोना महामारीको समयमा नेपालमा हजारौँ व्यक्तिलाई निःशुल्क खाना खुवाएका कार्लो यहाँका छाडा कुकुरलाई उद्धार गरी इटली पठाउने काम समेत गर्छन् । उनी भन्छन्, ‘म प्रकृतिप्रेमी व्यक्ति हुँ ।

अझ रोचक कुरा त के छ भने उनले युरोपभरका बहिरा र बोल्न नसक्ने व्यक्तिहरूलाई समेत नेपाल भ्रमण गराएका रहेछन् । कार्लोसँग सहकार्य गरिरहेका नेपाली पर्यटन व्यवसायी अच्युत गुरुङका अनुसार यो उमेरमा पनि कार्लो एक्लै छन् । ठट्टा गर्दै गुरुङ भन्छन्, ‘कार्लोलाई नेपालको मायाले यसरी तानेको छ । उनले आफ्नो सब थोक नेपाललाई ठाने । उनलाई नेपालको मायाले यसरी तानेको छ कि उनले कुनै प्रेमिका समेत बनाउने फुर्सद पाएनन् ।’

सो कार्यक्रममा पर्यटनसँग सम्बन्धित सरोकारवाला निकायको समेत प्रतिनिधित्व रहेको थियो । पर्यटन व्यवसायी तथा टानका पूर्व कोषाध्यक्ष रामकृष्ण तिमल्सिनाले कोभिड–१९ ले धराशायी बनेको पर्यटन व्यवसायलाई माथि उठाउन सरकारले दिगो योजना ल्याउनुपर्ने बताए । त्यसका साथै पर्यटकीय क्षेत्रमा एकद्वार नीति मार्फत सरकारले कर असुली गर्नुपर्ने सुझाव व्यक्त गरे ।

एकीकृत पर्यटन श्रमिक संगठन नेपालको केन्द्रीय महासचिव तथा युवा स‌ंघ नेपालका केन्द्रीय सचिवालय सदस्य टिकाराम नेपालीले कोरोना भाइरसका कारण अस्तव्यस्त भएको पर्यटन क्षेत्र बिस्तारै जुर्मुराउन थालेकोले पर्यटन मजदुरहरू उत्साहित भएको बताए । सरकारले नेपालको पर्यटन क्षेत्रमा लागेका मजदुरको अस्तित्व सुरक्षित गर्न नसकेको र उनीहरूले हकहितमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

सरकारले नेपालको पर्यटन क्षेत्रमा लागेका मजदुरको अस्तित्व सुरक्षित गर्न नसकेको उनको गुनासो छ । नेपालको पर्यटन विकासमा पर्यटन व्यवसायी र पर्यटन मजदुर एक सिक्काका दुई पाटा भएकोले नेपालको पर्यटन प्रवर्द्धनका लागि सँगै हातेमालो गरेर अघि बढेमा पर्यटन क्षेत्रको विकास हुने उनले धारणा छ ।

तपाईको प्रतिक्रिया