Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ — नेपाल र अमेरिकी सहयोग नियोग यूएसएआईडीबीच ६५.९ करोड अमेरिकी डलर अर्थात् ८१ अर्ब नेपाली रुपैयाँको नयाँ पाँच वर्षे सहयोग सम्झौतामा हस्ताक्षरको हुने भएको छ।

अर्थ मन्त्रालय र यूएसएआईडीबीच उक्त सहयोग सम्झौतामा हस्ताक्षरका लागि अन्तिम चरणको छलफल भइरहेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताए।

‘चैत महिनाभित्र सम्झौतामा हस्ताक्षर हुनसक्छ,’ मन्त्रालयका एक अधिकारीले बिहीबार साँझ नेपालखबरसँग भने।

ती अधिकारीका अनुसार चार महिनायता अर्थ मन्त्रालय र यूएसएआईडीबीच पटक—पटक सम्झौता हस्ताक्षरका लागि छलफल भइसकेको छ।
नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पूर्वाधार विकास र लोकतन्त्रको सुदृढीकरणका लागि उक्त रकम खर्च हुने बताइएको छ।

‘यूएसएआईडी र नेपाल सरकारबीचको नियमित सहयोग सम्झौता नै हो भन्दा फरक पर्दैन। यद्यपि, सम्झौता हस्ताक्षरका लागि अमेरिकाका तर्फबाट ताकेता भइरहेको छ,’ मन्त्रालयका अर्का एक अधिकारीले भने।

अमेरिका नेपालको एक प्रमुख दातृ मुलुक रहँदै आएको छ।

नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन गरेसँगै अमेरिकी अधिकारीहरुले यूएसएआईडीसँगको सम्झौता पनि चाँडो टुंग्याउन आग्रह गरिरहेका छन्।

अर्थ मन्त्रालयले गत सोमबार वासिङ्टनस्थित एमसीसी मुख्यालयलाई पत्र लेखी एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको अवगत गराइसकेको छ। अर्थ मन्त्रालयले एमसीसी मुख्यालयलाई लेखेको पत्रमा संसदबाट अनुमोदित १२ पेज लामो व्याख्यात्मक घोषणा पनि समेटिएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया