Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ – हरेक उपभोग्य सामानमा अस्वभाविक मूल्यवृद्धि हुन गएपछि आमजनताको दैनिकी निकै गाह्रो हुन पुगेको छ । दैनिक भान्सा चलाउनै मुस्किल भएपछि सर्वसाधरणमा सरकारप्रति दिनानुदिन आक्रोश बढ्दो छ । सर्वसाधारणको यस्तो आक्रोसले सरकार र सरकारमा रहने राजनीतिक दललाई आगामी निर्वाचनमा जनताको घरदैलोमा गएर भोट माग्न समेत निकै कठिन हुन सक्छ ।

सरकारले विभिन्न बहानामा मूल्यवृद्धि गरिरहेको छ । सरकारको यो बहाना सर्वसाधरण जनता मान्न तयार देखिँदैनन् । रुसले युक्रेनमाथि गरेको हमलाका कारण यो सबै हुन गएको हवाला दिने गरिएको छ । यो सरासर गलत हो । यति मात्र होइन, अस्वभाविक मूल्यवृद्धि नियन्त्रणका लागि कुनै पनि पहल गरिएको छैन । तर, बजारमा भने व्यापारी तथा बिचौलियाले मनपरी गरिरहेका छन् । यही मनपरि मूल्य निर्धारणले अहिले आमउपभोक्ताको ढाड सेक्ने काम गरिरहेको छ । उपभोक्ताले प्रश्न गरिरहेका छन्, व्यापारीले अर्को महादेशमा चलिरहेको युद्धलाई बहाना बनाएर नेपालमा पेट्रोलियम पदार्थ, सुन, नुन र खाने तेललगायतका उपभोग्य वस्तुमा किन मनलाग्दी गरिरहेका छन् । उपभोक्ताको ढाड सेक्ने काम किन गरिरहेका छन् ? तर, बिचौलियाका अनुसार विदेशबाट आयात हुने सामानको मूल्य बढेकै कारण नेपाली उपभोक्ताको बजारमा पनि यसले असर पारेको हो ।

बजार नियन्त्रण गरेका व्यापारीका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिन पुगेको छ । कच्चा तेलको मूल्य पनि बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको उनीहरूको दाबी छ । यसै कारण नेपालीबजारमा नुनदेखि सुनसम्मको मूल्य बढ्न गएको हो । तर, सरकार तथा सरकारी निकाय यस’bout मौन छ । यसले मूल्य वृद्धि हुनुको स्पष्ट कारण पनि दिन सकिरहेको छैन । तर, व्यवसायीले भने दैनिक उपभोग्य वस्तु दाल, चामल, खानेतेल, पेट्रोलियम पदार्थ, सिमेन्ट, छड, पेन्ट, पाइपआदिमा मनलाग्दी मूल्य बढाइरहेका छन् । यो मूल्यवृद्धि देशमा हालसम्म भएको इतिहासमै सबैभन्दा बढी भएको उपभोक्ता तथा अधिकारकर्मीको दाबी छ ।

उता सर्वसाधरण उपभोक्ता अबका दिनमा कसरी दिन कटाउने भनी टाउको छाम्न थालेका छन् । बजारमा भने उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना हुँदै गइरहेको छ । यस’bout सरकारी नियमन निकाय मौन छन् । कोइला अभावले सिमेन्ट उद्योग र इँटाभट्टा प्रभावित भएर उत्पादन लागत समेत बढेको भन्दै इँटामा मूल्यवृद्धि गरिएको छ । उपभोक्ता अधिकारकर्मीले बढ्दो मूल्यवृद्धि नियन्त्रणमा सरकार चुकेको भने पनि सरकारलाई दबाब दिने गरी कुनै पनि कार्यक्रमको सोच बनाएको देखिँदैन ।

नेपालीले भोगेको यो मूल्यवृद्धि यो वर्षकै पनि पहिलोपटक होइन । योभन्दा अगाडि यही आर्थिक वर्षमा नेपाली उपभोक्ताले चार/चारपटक मूल्यवृद्धिको समस्या झेलिसकेका छन् । त्यसमा पनि सबैभन्दा बढी त पेट्रोलियम पदार्थमा नै मूल्यवृद्धि हुँदै आएको छ । नेपाल आफंैमा आत्मनिर्भर हुन नसक्नु र उपभोग्य सबै सामान आयात गरिनुले पनि यो समस्यालाई निम्तो दिइरहेको छ । नेपालीका चाहना र आवश्यकता बढ्दै जानु तर चाहिएअनुसार सामान नेपालमा उत्पादन नहुनुले पनि नेपाललाई आजको महँगी र अभावतिर धकेलिहेको छ । त्यसमा पनि नेपालको सापेक्षतामा जनसंख्यामा वृद्धि भइरहनु तर तदनुरूपको उत्पादनमा कुनै पनि कदम नचालिनुले यस्तो संकटको अवस्था सिर्जना गरिरहेको छ । त्यसमाथि पनि युक्रेन युद्धको बहाना बनाएर नेपाली उपभोक्ताको ढाड सेक्नेगरी भइरहेको मनपरी महँगीमाथि सरकारको बेलैमा ध्यान पुग्नुपर्छ । आमनागरिकको हित हेर्ने हो भने यस प्रकारका मूल्यवृद्धिको नियन्त्रण अत्यावश्यक छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया