Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

टोकियो – रूसले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि रूसमाथि अहिले जापानलगायत यूरोपेली संघ, संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, दक्षिण कोरिया, ताइवान, अस्ट्रेलिया, न्यूजिल्यान्डजस्ता कतिपय देशले रूसविरुद्ध विभिन्न प्रकारका प्रतिबन्धको घोषणा गरेका छन् । यसले आयात÷निर्यात प्रभावित भएर महंगी निकै बढ्ने अनुमान गरिएको छ ।

रूसमाथि लगाइएको आर्थिक प्रतिबन्धले जापानमा सामुद्रिक खानाको पनि मूल्य बढाउने अपेक्षा गरिएको छ । रूस जापानको तेस्रो ठूलो सामुद्रिक खाना निर्यातकर्ता हो । जापानको कूल मत्स्य खानाको ८० प्रतिशत रुसबाट आयात हुने सा‘केइ साल्मनले ओगटेको छ ।

यदि रूसबाट ढुवानी रोकियो र प्रतिबन्धको परिणाम स्वरूप कच्चा तेलको मूल्य प्रतिबिम्बित भएमा सामुद्रिक खाना उत्पादनहरूको मूल्य उल्लेखनीय रूपमा वृद्धि हुने आकलन गर्न सकिन्छ ।

कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका अनुसार गत वर्ष जापानमा रुसबाट माछाजन्य उत्पादन कूल १ सय ३८ दशमलव १ अर्ब येनको आयात भएको थियो । त्यस्तै ३७ दशमलव ९ बिलियन येनको क्र्याब र ९ दशमलव ७ बिलियन येनको सी अर्चिन आयात भएको थियो, जुन कूल आयातको आधा हिस्सा हो ।

विश्वमा रूसी अर्थव्यवस्था कूल गार्हस्थ्य उत्पादनको हिसाबले ११ औं ठूलो अर्थतन्त्र हो र प्राकृतिक ग्यास उत्पादनमा विश्वकै दोस्रो ठूलो देश र तेल उत्पादनका हिसावले विश्वकै तेस्रो ठूलो देश हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया