Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताएका छन् । डा. नेपालले चालु आर्थिक वर्षको सुरुवातदेखि रेमिटेन्स घट्दै गएको र विदेशी मुद्रा सञ्चितिमा प्रभाव परेको भन्दै यस्तो बताएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थ वार्षिक समीक्षामार्फत अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतीपूर्ण देखिएको नेपालले बताए । राष्ट्र बैंकसँग मुलुकमा ६ महिनाका लागि मात्रै वस्तु आयात धान्न सक्ने सञ्चिति रहेको उनको भनाइ छ ।

‘अन्तर्राष्ट्रिय मुद्रा कोषले इर्मजिङ अर्थतन्त्रका लागि ६ महिनाको आयात धान्न सक्ने विदेशी सञ्चिति हुन्छ । विदेशी मुद्रा सञ्चिती थ्रोस होल्डको मार्जिनमा नै आएकाले कुनै नीतिगत सुधार समेत गर्न सक्ने अवस्था छैन’, उनले भने ।

नेपालले सरकारले अर्थतन्त्र सहज बनाउन तत्काल विदेशी सहयोग अनुदानका लागि पहल गर्नुपर्ने बताए । सरकारले चालु आर्थिक वर्षमा सात प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य राखे पनि सो पूरा नहुने पूर्व गभर्नर नेपालको दाबी छ । अहिलेकै अवस्थामा अर्थतन्त्र चल्ने हो भने राजस्व संकलनको लक्ष्य समेत पूरा नहुने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया