Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – भिजिट भिसामा विदेश जानेले न्यूनतम पाँच लाख बैंक ब्यालेन्स देखाउनुपर्ने भएको छ । मानवतस्करी बढेपछि सरकारले यससम्बन्धी नयाँ कार्यविधि बनाई यसमा कडाइ गर्न लागेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसासम्बन्धी अध्ययन समितिले न्यूनतम वार्षिक आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख भएकालाई मात्र घुम्न विदेश जाने गरी कार्यविधि बनाउन सिफारिस गरेको छ । भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाउँदै विभिन्न सुझावहरू दिएको हो ।

तर त्यसको आलोचना भइरहेको छ । फेसबुकमा नीति अर्याल खनालले आफू त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्ने र त्यहाँको तलबले त अब घुम्न जान पनि नपुग्ने भो भनेर टिप्पणी गरेकी छन् । ‘त्रिविको तलब त्यही हो, दुखम सुखम गरेर थोरबहुत आयोजकको सहयोग मागेर अनि सानोतिनो ग्रान्टको सहयोगमा जान पनि नपाउनु अब, अनि भिसा दिनेले दिइसकेपछि, अध्यागमनका मान्छेहरूको टाउको दुख्नुपर्ने किन, वाहियात,’ उनी लेख्छिन् ।

त्यस्तै ट्विटरमा स्वरूप आचार्यको पनि उस्तै आलोचना छ । उनी भन्छन्, ‘आफू त कहिल्यै विदेश जान नपाइने भयो अब। कहाँबाट पाउनु १० लाख तलब, कहाँबाट जोगाउनु ५ लाख ?’

सरकारी भनाइ के ?
भिजिट भिसामा विदेश जानेलाई वस्तुगत आधार तयार गर्न समितिले सिफारिस गरेको सिफारिस कार्यदलका संयोजक समेत रहेका गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । ‘कमाउने व्यक्ति मात्र घुम्न जाओस् भन्ने आधारमा हामीले वार्षिक १० लाख कमाउने र पाँच लाख बैंक ब्यालेन्स भएकालाई मात्र भिजिट भिसामा जान दिने कार्यविधि बनाउन भनेका हौँ,’ सहसचिव पोखरेलले भने, ‘नयाँ कार्यविधि बनाउने जिम्मेवारी अध्यागमन विभाग र श्रम विभागलाई दिइएको छ ।’

श्रमिकले विदेश गएर अलपत्र पर्नु हुँदैन भन्ने मान्यताका आधारमा यस्तो सिफारिस गरिएको उनको तर्क छ । ‘कोही विदेशमा अलपत्र नपरुन्, सही बाटो र प्रक्रियाबाट जान सकुन् भने यस्तो सिफारिस गर्नु परेको हो,’ प्रवक्ता खनालले भने, ‘पर्यटक हो भने पर्यटककै प्रक्रियाबाट अनि श्रमिक हो भने श्रमिककै प्रक्रियाबाट जान पर्छ भनेर यो व्यवस्था गर्न खोजिएको हो ।’ नेपालमा सरकारका उच्च पदमा रहेकै तलबले समेत नभ्याउने सिफारिस गरिएको बारे सोध्दा उनले भने, ‘घुम्न जानेले पैसा देखाउन सक्नु पर्छ । मसँग पैसा छैन भने मैले घुम्न रहर गरेर मात्र हुन्छ र ?’

भाषाको ज्ञान अनि पटकपटक विदेश गइसकेकाहरूका हकमा रोकावट नहुने पनि उनले बताए । केही दिनमा यो सिफारिससम्बन्धी कार्यविधि बनेपछि सो नियम लागु हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया