बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडाैं – युरोपेली सङ्घ ईयूसँग आबद्ध राष्ट्रहरूले प्रतिबन्ध लगाइदिएकाले रुसी विमानहरू कालिनिन्ग्राडबाट आवतजावत गर्दाबाल्टिक सागरमाथिको लामो आकाशमार्ग प्रयोग गर्न बाध्य भएका छन् ।

झन्डै १५,००० वर्ग किलोमिटर क्षेत्रफल भएको कालिनिन्ग्राड रुसको स्वामित्वमा छ । रुसको मुख्यभूमिभन्दा ३०० किलोमिटर पश्चिममा अवस्थित उक्त स्थान बाल्टिक सागर र ईयूका सदस्य लिथूएनिआ तथा पोल्यान्डको बीचमा छ ।

लाट्भिया र लिथूएनियाको आकाशबाट सोझै उड्न नपाएपछि रुसी विमानहरू उत्तरवर्ती सेन्ट पिटर्सबर्गतिर गई बाल्टिक सागरको तटतिर उड्न बाध्य छन् । क्यानडाले पनि ब्रिटेन र ईयूले जस्तै रुसी विमानलाई आफ्नो आकाशमा रोक्न प्रतिबन्ध लगाएको छ । प्रत्युत्तरमा रुसको राष्ट्रिय ध्वजावाहकले युरोपका सबै स्थानमा आफ्नो उडान रद्द गरेको छ ।

तपाईको प्रतिक्रिया