शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – जापानमा आइतबार ८९ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तथ्याङ्कअनुसार देशभर ८९ हजार १ सय ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

शनिबारको तुलनामा आज सङ्क्रमितको सङ्ख्या घटेको छ । शनिबार १ लाख १ लाख ९ सय ४९ जनामा सङ्क्रमण देखिएको थियो । आज कोरोनाभाइरस सम्बन्धित ६७ मृत्यु भएको छ ।

राजधानी टोकियोमा आज १७ हजार ५ सय २६ नयाँ कोरोनाभाइरसका सङ्क्रमित थपिएको महानगरीय सरकारले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा ३ हजार ५ सय ९६ ले कम हो ।

टोकियोमा गम्भीर लक्षणका साथ अस्पतालमा भर्ना भएका सङ्क्रमित व्यक्तिको सङ्ख्या ४५ पुगेको छ । शनिबारको तुलनामा १ ले बढी भएको महानगरीय सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया