आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – सन् १९९३ मा मुम्बईमा भएको श्रृङ्खलाबद्ध विष्फोट मामिलामा २९ वर्षदेखि फरार रहेका मोस्ट वान्टेड आतंकवादी अबु बक्र पक्राउ परेका छन् । उनी संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्राउ परेका हुन् ।

मुम्बईमा भएको यस श्रृङ्खलाबद्ध विष्फोटमा परी २५७ जनाको मृत्यु भएको थियो भने ७१३ जना घाइते भएका थिए । अबु बक्रलाई छिट्टै भारत पठाइने बताइएको छ । अबुको नाम कश्मीरमा आतंकवादीहरूलाई प्रशिक्षण दिने कार्यमा संलग्न रहेको पाइएछ ।

यसबाहेक उनीमाथि मुम्बईमा भएको शृङ्खलाबद्ध विस्फोटमा प्रयोग भएको आरडिएक्स भारतमा ल्याएको आरोप छ । उनी लामो समयदेखि पाकिस्तान र युएईमा लुकेर बस्दै आएका थिए । तर, उनलाई भारतीय सुरक्षा निकायले युएईको एजेन्सीसँग मिलेर पक्राउ गरेको थियो । तीन वर्षअघि पक्राउ परेका पनि कागजपत्र नहुँदा रिहा भएका थिए ।

यसअघि सन् २०१९ मा पनि अबु बक्र पक्राउ परेका थिए । तर, केही दस्तावेज नहुँदा उनी युएईको हिरासतबाट छुट्न सफल भए । अबु बक्रकाे पूरा नाम अबु बक्र अब्दुल गफुर शेख हो । उनको नाम तस्करी मुद्दामा मोहम्मद र मुस्तफा दोसासँग पनि जोडिएको छ। दुवै दाउद इब्राहिमका विशेष थिए । उनी खाडी मुलुकबाट सुन, कपडा र इलेक्ट्रोनिक्स सामान मुम्बई र आसपासका क्षेत्रमा तस्करी गर्थे ।

तपाईको प्रतिक्रिया