शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – जापानमा दैनिक कोरोना संक्रमण पुष्टिमा नयाँ रेकर्ड कायम भएको छ । शनिबार एकैदिन १ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

तथ्याङ्कअनुसार देशभर १ लाख ९ सय ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ । एकैदिन जापानमा थपिएको यो अहिलेसम्मकै उच्च संक्रमण भएको बताइएको छ । यस अघिको उच्च दैनिक संक्रमण फेब्रुअरी ३ मा ९९ हजार ७५३ रहेको थियो । शुक्रबार ९५ हजार ४ सय ५३ जनामा सङ्क्रमण देखिएको थियो ।

राजधानी टोकियोमा आज २१ हजार १ सय २२ नयाँ कोरोनाभाइरसका सङ्क्रमित थपिएको महानगरीय सरकारले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा १ हजार ३ सय २४ ले बढी हो । आज कोरोनाभाइरस सम्बन्धित ११६ मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया