आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – चीनको बेइजिङमा जारी विन्टर ओलम्पिकको पहिलो स्वर्ण नर्वेकी थिरेसी जोहाङले जितेकी छिन् । उनले महिला १५ किलोमिटर क्रस कन्ट्री स्कीथलनमा पहिलो स्थान हासिल गर्दै स्वर्ण पदक जितेकी हुन् ।

उनले यसअघि १० पटक विश्व च्याम्पियनसिपको उपाधि जिति सके पनि ओलम्पिकमा भने यो उनको पहिलो स्वर्ण पदक हो । उनले ४४ मिनेट १३.७ मिनेटमा दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

रसियाकी नाटालिया नेप्रियाभा दोस्रो स्थानमा रहिन् । उनी ३०.२ सेकेन्डले पछि परेकी थिइन् । अष्ट्रियाकी टिरेसा स्टाब्दलोबरले तेस्रो स्थानमा रहँदै कास्य पदक जितिन् ।

तपाईको प्रतिक्रिया