शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – जापान सरकारले पूर्वपतिलाई सन्तानको पिता बनाउने कानूनलाई परिमार्जन गर्ने भएको छ । सरकारले १९औँ शताब्दीमा बनेको सो कानून परिमार्जन गर्ने भएको हो ।

सो कानूनअनुसार महिलाको पूर्वपतिलाई सन्तानको जन्मदर्ता प्रमाणपत्रमा पिताको रूपमा राख्न पाइने प्रचलन थियो । दम्पतीबीच सम्बन्धविच्छेद भएको करिब ३ सय दिनभित्रमा यदि सन्तानको जन्म भएमा स्वतह महिलाको पूर्वपतिलाई सन्तानको पिताको रूपमा राख्न पाउने कानून थियो तर, हाल सो कानून मान्य नहुने भन्दै सरकार पक्षले यस हप्ता सो कानून परिमार्जन गर्न सिफारिस गरेको हो ।

परिमार्जन गर्न सिफारिस गरिएको कानूनअनुसार सम्बन्ध विच्छेद गरेका महिलाले १ सय दिनभित्रमा अर्को बिहे गर्न पाउने र सो समयावधिभित्र सन्तान जन्मिएमा नयाँ पतिलाई बच्चाको पिताको रूपमा राख्न पाउनेछन् । यद्यपि, एकल सम्बन्ध विच्छेद गरेका महिलाले भने पूर्वपतिलाई नै सन्तानको पिताको रूपमा राख्न पाउने कानुनलाई नै निरन्तरता दिने बताइएको छ ।

तपाईको प्रतिक्रिया