मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

टोकियो – जापानमा बिहीबार ९५ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तथ्याङ्कअनुसार देशभर ९५ हजार ४ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

बिहीबारको तुलनामा आज सङ्क्रमितको सङ्ख्या घटेको छ । बिहीबार ९६ हजार ८ सय ४५ जनामा सङ्क्रमण देखिएको थियो । आज कोरोनाभाइरस सम्बन्धित १०१ मृत्यु भएको छ ।

राजधानी टोकियोमा आज १९ हजार ७ सय ९८ नयाँ कोरोनाभाइरसका सङ्क्रमित थपिएको महानगरीय सरकारले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा ८ सय ८१ ले कम हो ।

टोकियोमा गम्भीर लक्षणका साथ अस्पतालमा भर्ना भएका सङ्क्रमित व्यक्तिको सङ्ख्या ४१ पुगेको छ । बुधबारको तुलनामा ३ ले बढी भएको महानगरीय सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया