शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – जापानमा बाल दुर्व्यवहार र घरेलु हिंसाका घटनाहरू बढेको देखाएको छ । गत वर्ष बालबालिका शोषण र घरेलु हिंसामा परेको घटनाहरू बढेर कीर्तिमानी स्तरमा पुगेको तथ्याङ्कले देखाएको हो ।

प्रहरीले बिहीबार सार्वजनिक गरेको सर्वेक्षणको प्रतिवेदनअनुसार हिंसामा परेको घटनाहरू बढेर यसअघि कहिल्यै नदेखिएको स्तरमा उक्लिएको क्योदो न्युज एजेन्सीले उल्लेख गरेको छ । सन् २०२१ मा प्रहरीले शोषण भएको आशंकामा १७ वर्ष वा सो भन्दा कम उमेरका १ लाख ८ हजार ५० बालबालिकालाई बाल परामर्श केन्द्रहरूमा पठाएको छ । यो अघिल्लो वर्षको तुलनामा १.० प्रतिशत धेरै हो ।

कूलमध्ये ८० हजार २९९ जना घरपरिवारका अन्य सदस्यले आफ्नो अगाडि अरूलाई उत्पीडन गरेको देखेर मानसिक पीडा भोग्नेहरू थिए । यो कूल पीडितको ७० प्रतिशतभन्दा धेरै भएको प्रतिवेदनमा उल्लेख छ । शारीरिक पीडा खेपेका बालबालिकाको सङ्ख्या १९ हजार १८५ रहेको छ । ८ हजार २७० बालबालिकाहरूलाई बेवास्ता गरिएको पाइएको छ । २९६ जना भने यौन शोषणमा परेका थिए ।

यसैबीच, कल्याण मन्त्रालयले दुर्व्यवहार वा गरिबीका कारण अनाथ आश्रम वा पालनपोषण गृहमा बस्ने बालबालिकाको उमेर सीमा खारेज गर्ने निर्णय गरेको छ । हालको सीमा १८ वर्षको छ तर, केही परिस्थितिहरूमा तिनीहरू २२ वर्षसम्म रहन सक्छन् । बाल कल्याण कानूनमा गरिने संशोधनले त्यस्ता बालबालिकाहरूलाई अनाथालय वा स्थानीय सरकारले उनीहरू बन्न सक्षम छन् भनी निर्धारण नगरेसम्म आश्रम वा पालनपोषण गृहमै बस्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया