शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – जापानमा बिहीबार ९६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तथ्याङ्कअनुसार देशभर ९६ हजार ८ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबारको तुलनामा आज संक्रमितको संख्या बढेको छ । बुधबार मंगलबार ९४ हजार ९ सय ३० जनामा संक्रमण देखिएको थियो । आज कोरोनाभाइरस सम्बन्धित ९० मृत्यु भएको छ ।

राजधानी टोकियोमा आज २० हजार ६ सय ७९ नयाँ कोरोनाभाइरसका संक्रमिथ थपिएको महानगरीय सरकारले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा ८ सय ९७ ले कम हो ।

टोकियोमा गम्भीर लक्षणका साथ अस्पतालमा भर्ना भएका संक्रमित व्यक्तिको संख्या ३८ रहेको छ । बुधबारको तुलनामा ८ ले बढी भएको महानगरीय सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया