आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानमा पछिल्लो मंगलबार ९४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तथ्याङ्कअनुसार देशभर ९४ हजार ९ सय ३० जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबारको तुलनामा आज संक्रमितको संख्या बढेको छ । मंगलबार ८१ हजार ६ सय ५५ जनामा संक्रमण देखिएको थियो । आज कोरोनाभाइरस सम्बन्धित ८० मृत्यु भएको छ ।

राजधानी टोकियोमा आज २१ हजार ५ सय ७६ नयाँ कोरोनाभाइरसका संक्रमिथ थपिएको महानगरीय सरकारले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा ७ हजार १ सय ३१ ले बढी हो ।

राजधानीमा दैनिक नयाँ संक्रमितको संख्या २० हजार नाघेको यो पहिलो पटक हो । टोकियोमा गम्भीर लक्षणका साथ अस्पतालमा भर्ना भएका संक्रमित व्यक्तिको संख्या ३० रहेको छ। मंगलबारको तुलनामा एकले बढी भएकाे महानगरीय सरकारले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया