आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानमा पछिल्लो मंगलबार ८१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तथ्याङ्कअनुसार देशभर ८१ हजार ६ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबारको तुलनामा आज संक्रमितको संख्या बढेको छ । सोमबार ६० हजार ८ सय ३८ जनामा संक्रमण देखिएको थियो । आज कोरोनाभाइरस सम्बन्धित ६९ मृत्यु भएको छ ।

राजधानी टोकियोमा आज १४ हजार ४ सय ४५ नयाँ कोरोनाभाइरसका संक्रमिथ थपिएको महानगरीय सरकारले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार ६ सय ९४ ले बढी हो ।

तपाईको प्रतिक्रिया