आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानको राजधानी टोकियोको जनसंख्या घटेको छ । महानगरीय सरकारले दिएको जनकारीअनुसार टोकियोको जनसंख्या २६ वर्षमा पहिलो पटक घटेको हो ।

टोकियोको अनुमानित जनसंख्या १ करोड ३९ लाख ८८ हजार १ सय २९ मा झरेको छ, जुन एक वर्षअघिको तुलनामा ४८ हजार ५ सय ९२ ले कम हो । कोरोनाभाइरस महामारीकाबीच २६ वर्षपछि पहिलो पटक टोकियोको जनसंख्या घटेको हो ।

मध्य टोकियोका २३ वटा वडाहरूमा जनसंख्या एक वर्ष अघिको तुलनामा ४९ हजार ८ सय ९१ घटेको छ भने चुओ, टाइटो र सुमिडा वार्डमा वृद्धि देखिएको छ । ग्रामीण क्षेत्र बाहेकका सहरहरूको संख्या २ हजार ८९ ले बढेको छ । राजधानीको कुल जनसंख्या जुन २०२१ देखि लगातार आठौँ महिनामा घटेको महानगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया