आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – टोकियोका पूर्व गभर्नर शिन्तारो इशिहाराको निधन भएको छ । लेखकको रूपमा पनि आफ्नो परिचय बनाएका इशिहाराको ८९ वर्षको उमेरमा निधन भएको हो ।

उपन्यासकारबाट राजनीतिज्ञ बनेका उनले एक सांसदको रूपमा पनि सेवा गरेका थिए । टोकियोको गभर्नरको रूपमा १३ वर्षको कार्यकाल पछि सन् २०१२ मा उनले राष्ट्रिय राजनीतिमा प्रवेश गरेका थिए । करिब ५० वर्ष लामो राजनीतिक जीवनको दौडानमा इशिहाराले लिबरल डेमोक्र्याटिक पार्टीका सांसदको रूपमा धेरै वर्ष बिताएका थिए ।

३० सेप्टेम्बर १९३२ मा कोबेमा जन्मेका इशिहाराले आफ्नो उपन्यास ‘ताइयो नो किसेत्सु’ (द सिजन अफ द सन)को लागि सन् १९५६ मा प्रतिष्ठित अकुटागावा पुरस्कार जितेर एक नयाँ लेखकको रूपमा आफ्नो नाम कमाए ।

तपाईको प्रतिक्रिया