आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानमा पछिल्लो सोमबार ६० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तथ्याङ्कअनुसार देशभर ६० हजार ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबारको तुलनामा आज संक्रमितको संख्या घटेको छ । आइतबार ७८ हजार १ सय २६ जनामा संक्रमण देखिएको थियो । आज कोरोनाभाइरस सम्बन्धित ४४ मृत्यु भएको छ ।

राजधानी टोकियोमा सोमबार ११ हजार ७ सय ५१ नयाँ कोरोनाभाइरसका संक्रमिथ थपिएको महानगरीय सरकारले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा ४ हजार १ सय ४४ ले कम हो ।

तपाईको प्रतिक्रिया