आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानमा घरायसी बिजुली र ग्यासको मूल्य बढ्ने भएको छ । विभिन्न दश विद्युतीय कम्पनीहरूले मार्चदेखि घरेलु बिजुलीको मूल्य वृद्धि गर्ने भएका हुन् ।

टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को), चुबु इलेक्ट्रिक पावर कम्पनी र कान्साई इलेक्ट्रिक पावर कम्पनी (केईपीसीओ) बिजुलीको मूल्य वृद्धि गर्ने घोषणा गरेको जापान टुडेले उल्लेख गरेको छ । थर्मल पावर प्लान्टहरूमा प्रयोग हुने तरल प्राकृतिक ग्यास (एलएनजी)लगायतका आयातित इन्धनको मूल्यवृद्धिले निरन्तर मूल्य वृद्धि भएको साङ्केई शिम्बुनले रिपोर्ट गरेको छ ।

यसबाहेक, टोकियो ग्यास कम्पनीसहित चार प्रमुख शहरी ग्यास कम्पनीहरूले मार्च देखि आफ्नो उपयोगिता शुल्क प्रति महिना १६८ बाट २२९ येन वृद्धि गर्नेछन् ।

तपाईको प्रतिक्रिया