आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – मङ्गलवार जापानमा कोरोनाभाइरसबाट संक्रमितको दैनिक सङ्ख्या सवैभन्दा धेरै देखिएको छ । पछिल्लो तथ्यांक अनुसार मङ्गलवार जापानमा ३२ हजार १९७ जना नयाँ संक्रमित भएका छन् ।

यसअघि सबैभन्दा धेरै कोेरोना संक्रमणको पाँचौ लहरमा २०२१ को अगष्टमा एकै दिन २६ जना संक्रमित भएका थिए ।

मङ्गलबार संक्रमित भएको पुष्टि भएका मध्ये टोकियोका मात्रै पाँच हजार १८५ जना रहेका छन् ।

नयाँ संक्रमितमध्ये आधाभन्दा बढी कोरोनाभाइरस विरुद्धको दुवै खोप लगाएका व्यक्ति भएको पनि पाइएको छ ।

तपाईको प्रतिक्रिया