आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापान सरकारले टोकियो सहित थप १३ प्रिफेक्चरहरूमा अर्ध-आपतकालको घोषणा गर्ने तयारी गरिरहेको छ ।

जापानमा हिजो मंगलबार कोरोना संक्रमण सुरु भएयता एकैदिन सबैभन्दा धेरै ३० हजार बढी संक्रमित भएका छन् । यसअघि सबैभन्दा धेरै कोेरोना संक्रमणको पाँचौ लहरमा २०२१ को अगष्टमा एकै दिन २६ जना संक्रमित भएका थिए ।

बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रधानमन्त्री किशिदा फुमियो र सम्बन्धित क्याबिनेट मन्त्रीहरूले टोकियो, यसका तीन छिमेकी प्रान्तहरू र अन्य ९ प्रिफेक्चरहरूलाई जनवरी २१ देखि फेब्रुअरी १३ सम्म अर्ध-आपतकालिन अवस्थामा राख्ने कुरामा सहमति जनाएका छन् ।

प्रधानमन्त्री किशिदाले प्रत्रकार सम्मेलनमा संक्रमण सुस्त गर्न गभर्नरहरूको अर्ध-आपतकालको लागि अनुरोध स्वीकार गरिएको बताएका छन् ।

सरकारले आज बुधवार विज्ञहरूसँग परामर्श लिए पश्चातआफ्ना निर्णयहरूको घोषणा गर्ने तालिका रहेको छ ।

यसघि सरकारले हिरोसिमा, यामागुची र ओकिनावामा जनवरी ९ देखि जनवरीको अन्त्य सम्मको लागी अर्ध-आपतकालिन लागू गरिसकेको छ ।

तपाईको प्रतिक्रिया