आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

महात्मा गान्धीले भनेका छन्, रिस एक क्षणको पागलपन हो । हो पनि रिसले कसैलाई लाभ गर्दैन । रिस मानिसको सबैभन्दा ठुलो शत्रु हो । यसैले कैयौँ सम्बन्धहरू टुटेका छन् । त्यसैले रिसलाई सही समयमै नियन्त्रणमा लिन आवश्यक हुन्छ ।

रिसले केवल परिवार, साथीभाइ र आफन्तमा मात्र नभई समाज र स्वयम् व्यक्तिलाई पनि असर गर्दछ । यस अलावा व्यक्तिको स्वास्थ्यमा पनि ठुलो प्रभाव पार्दछ । रिसाउँदा शरीरमा पर्ने असरहरू निम्न छन् ।

  • रिसाउँदा मस्तिष्कमा बन्ने रासायनिक तत्त्वले शरीर तथा मस्तिष्कमा असर पार्दछ ।
  • रिसाउँदा आँखा रातो हुन्छ, अनि मुटुमा पनि जलन पैदा हुन्छ ।
  • रिसले मानिसको ब्लडप्रेशर उच्च पार्छ ।
  • रिसाउँदा मानिसमा आक्रामक भावना उत्पन्न हुन्छ, जो नियन्त्रण नभए घातक हुनसक्छ ।
  • यसले सोच-विचारको शक्ति कमजोर हुन्छ ।
  • रिसले मानिसमा तनाव बढाउँछ ।
  • लगातार रिसाउँदा पाचन प्रणालीमा पनि नराम्रो असर पार्दछ ।
  • रिसाउँदा पाचनतन्त्र कमजोर हुन्छ साथै एसिडिटी, कब्जियत, भोक नलाग्ने समस्या हुन्छ ।
  • रिसले मानिसमा अनिन्द्राको समस्या निम्त्याउँछ ।
  • सबैभन्दा महत्त्वपूर्ण, रिसाउने मानिसको आयु कम हुन्छ ।
तपाईको प्रतिक्रिया