टोकियो – नयाँ तथ्याङ्क अनुसार कोरोनाभाइरस महामारीले यस नयाँ वर्षको छुट्टीमा जापानमा यात्रा गर्ने व्यक्तिहरुको संख्यामा कम प्रभाव पारेको भेटिएको छ ।
जापानका प्रमुख ११ वटा विमान कम्पनीको तथ्याङ्कले डिसेम्बर २५ देखि जनवरी ४ सम्म ३१ लाख ४० हजार मानिसले आन्तरिक उडान गरेको देखाएको छ । जुन गत वर्षको तुलनामा झण्डै दोब्बर हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ९२ प्रतिशतले बढेको हो ।
जापानको सबैभन्दा ठूलो विमान कम्पनी अल निप्पोन एयरवेजले आफ्ना हवाई यात्रुमा ६५ दशमलब ४ प्रतिशतले वृद्धि भएको रिपोर्ट गरेको छ ।
त्यस्तै जापान एयरलाइन्सले १२५ दशमलब ८ प्रतिशतले वृद्धि गरेको छ भने स्काईमार्क एयरलाइन्सले ७० दशमलब ३ प्रतिशतले वृद्धि भएको देखाएको छ ।
यद्यपि समग्र आंकडा अझै पनि महामारी भन्दा अगाडिका वर्षहरुको स्तर भन्दा धेरै तल रहेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, माघ ०३, २०७८
प्रकाशित समय: ११:५७:३१