Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडाैं – लोकप्रिय राइड शेयरिङ कम्पनी पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राको लागि सम्झौता गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सम्झौता अनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छूट पाउन सक्नेछन् भने कार लाइट (ट्याक्सी)मा ५० प्रतिशत (१७५ रुपैयाँ सम्म) छुट प्राप्त गर्न सक्ने जनाएको छ । यो अफर आजैबाट लागू भएको छ ।

काठमाडौ उपत्यकाका यात्रुलाई एयरपोर्ट सम्म जान र आफ्नो गन्तव्यबाट एयरपोर्ट फर्किएपछि स्थानीय गन्तव्य सम्म पुग्न सहजताको लागि यती एयरलाइन्स र पठाओले संयुक्त सहकार्यमा सहज यात्रा अफर ल्याएका हुन् ।

हवाई यात्रुलाई एयरपोर्ट जान र आउन सहज यात्रा होस् भन्ने उद्देश्यले यति एयरलाइन्स सँग सम्झौता गरिएको पठाओको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । भविष्यमा यति एयरलाइन्सका सबै यात्रुलाई यो अफर लागू गर्ने योजना रहेको हमालले बताइन् ।

तपाईको प्रतिक्रिया