Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडाैं – मध्य मंसिरमा जनकपुर रेल्वे स्टेशनमा पुगेकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले भनेकी थिइन्, ‘रेल सञ्चालनसम्बन्धी अध्यादेशबाट ल्याएको कानुन पास भइसकेको छ, अब बढीमा एक महिनाभित्र रेल सञ्चालन हुन्छ, तपाईँसँग मेरो प्रतिबद्धता हो ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तर, मन्त्री यादवले प्रतिबद्धता जनाएको एक महिना पूरा हुँदा पनि रेल सञ्चालनको टुंगो छैन । हुन त रेल सञ्चालनको प्रतिबद्धता जनाउने मन्त्रीको सङ्ख्या नै तीन नाघिसकेको छ । यसअघिका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले पनि यस्तो प्रतिबद्धता पटकपटक गरेका थिए । त्यसकारण मन्त्री यादवले रेल चलाउने प्रतिबद्धता गरिरहेका सर्वसाधारण जनतामा खासै उत्साह थिएन ।

मंगलबार भारतीय रेल्वे कम्पनी कर्पोरेसन (कोङकण) को टोलीले कुर्था-जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधार कार्यको निरीक्षण गर्दा पनि सर्वसाधारणमा उत्साह थिएन । कोङकणका निर्देशक मनोज सिंह नेतृत्वको टोलीले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि तयारी पारिएको भौतिक पूर्वाधार र रेल सञ्चालनका लागि नेपालको तर्फबाट भइरहेको तयारीको विषयमा जानकारी लिएका थिए ।

भारत सरकारले नेपालका चाँडोभन्दा चाँडो रेल सञ्चालन हुन सकोस् भन्ने चाहना राखेको भन्दै उनले भने, ‘हामीले आफ्नो काम सम्पन्न गरिसकेका छौँ । अब नेपाल सरकारले रेल चलाउने हो । हामी आवश्यक सहयोग गर्न तयार छौँ ।’ यो भनाइले पनि भारतले उत्तर प्रदेशमा हुने चुनावलाई मध्यनजर गरेर नेपालमा रेल चलाउन तयार रहे पनि नेपालले अहिलेसम्म खासै प्रगति गरेको छैन । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल चलाउन अझैसम्म लाग्न सक्ने बताए । रेल सञ्चालन सम्बन्धी कानुन बने पनि रेलको टिकट, कर्मचारीको व्यवस्थापन अझै हुन नसकेको उनले बताए ।

पुरानो कर्मचारी हटाएर नयाँ कर्मचारी राख्ने दाउमा महाप्रबन्धक झा रेल्वेका तत्कालीन महाप्रबन्धक भट्टराईकै समयमा भारतीय रेल्वे कम्पनी कोंकणसँग प्राविधिक कर्मचारीको सहयोग लिए रेल सञ्चालनको सम्झौता भएको थियो । सम्झौता अनुसार रेल चलाउने, रेलको सर्भिसिङ तथा नेपाली कर्मचारीलाई तालिम दिने गरी वार्षिक २२ करोड भारतीय रुपैयाँ नेपाल रेल्वे ती कम्पनीलाई बुझाउने गरी सम्झौता भएको थियो । सम्झौता अनुसार नेपालले पहिलो किस्ता बापतको साढे ७ करोड नेपाली रुपैयाँ समेत बुझाइसकेको छ ।

भारतीय कम्पनीले सम्झौता अनुसार नेपालका करिब डेढ सय कर्मचारीलाई दुई चरणमा झण्डै २० दिन तालिम पनि दियो । तर नेपालमा केपी ओली नेतृत्वको सरकार परिवर्तन भएपछि भट्टराई पनि महाप्रबन्धकबाट बर्खास्त भए । अहिले काँग्रेसका नेता झा महाप्रबन्धक छन् । महाप्रबन्धक झा आएलगत्तै तालिम लिएका सबै कर्मचारीलाई हटाए । अहिले रेल चालकसहित २६ जना प्राविधिक टोली कोंकणले दिए पनि अन्य कर्मचारी नेपालसँग छैनन् ।

महाप्रबन्धक झा पुनः नयाँ कर्मचारीलाई भर्ना गर्ने दाउमा रहेका छन् । विगतमा झण्डै डेढ सय कर्मचारीलाई २० दिनको तालिम दिन ८० लाख भन्दा बढी रकम खर्च भएको थियो । तर, महाप्रबन्धक ती कर्मचारीलाई नराखेर आफ्ना कार्यकर्ता भर्ना गर्ने दाउमा रहेको रेल्वेका एक कर्मचारीले बताए ।

भारतीय पक्षले गत ५ कात्तिकमा रेल्वेका केही काम बाँकी नै राखेर भवन नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । रेल्वे कर्मचारीका लागि निर्माण गरेको आवास भवन वर्षायाममा चुहिने भएकोले त्यसको मर्मत, स्टेशन, हल्ट तथा आवास भवनमा बिजुली बत्ती, पानीको सप्लाई, प्लबिङ्गको काम,भवनमा झ्यालढोका, हलमा शौचालयको निर्माण लगायतका काम अझै बाँकी छ । हस्तान्तरणको समयमा भारतीय पक्षले एक महिनाभित्रमा ती काम पूरा गर्ने आश्वासन दिए पनि काम भएको छैन ।

फेरि चोरिए रेल्वेको १४ हजार क्ल्पि
कुर्था-जयनगर रेल्वे ट्रकको क्लिप पुनः चोरी भएको छ । यसअघि रेल्वे ट्रकका झण्डै १६ हजार क्लिप र नट चोरी भएका थिए । रेल्वे ट्रकको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ ।

महाप्रबन्धक झाले फेरि करिब १४ हजार क्लिप र त्यसमा लाग्ने नट चोरी भएको बताए । प्रहरी वा रेल्वेका कर्मचारीले चाहेर मात्रै रेलको सम्पत्ति संरक्षण हुन नसक्ने भन्दै उनले भने, ‘चोरी भएका क्लिप पुनः भारतीय पक्ष लगाइदिने कुरा भएको छ ।

सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर-विजलपुर-बर्दिवास रेल सेवा सञ्चालनका लागि सहमति भएको थियो । तर पहिलो चरणमा कुर्था-जयनगरसम्म मात्रै रेल सेवा सञ्चालनको तयारी भए पनि अझै सुरु हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया