Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – गायक राजेश पायल राईमाथि हातपात गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् । अमेरिकाको न्यूयोर्कमा आयोजित कन्सर्टमा गीत गाइरहेका गायक राईमाथि हातपात भएको हो ।

गायक राईमाथि भएको हातपातको चौतर्फी विरोध भएको थियो । उनको फेसबुकमा राखिएको भिडिओमा आयोजकसँगै हातपात गर्ने पासाङ दावा शेर्पाले माफी मागेको र उनले माफी दिएको देखाइएको छ । सो क्रममा शेर्पाले आफूबाट दुर्व्यवहार भएको स्विकार्दै माफी मागेका छन् । ‘मैले उहाँमाथि दुर्व्यवहार गर्न पुगेछु, त्यसले गर्दा उहाँ (राजेश पायल राई)लाई धेरै डिस्टर्व भएको महसुस गरे,’ उनले भनेका छन्, ‘म राजेश दाइँसँग माफी माग्छु । उहाँको म ठूलो प्रशंसक हुँ ।’

गायक राईले पनि मानिसबाटै गल्ती हुने भन्दै आफूले माफी दिएको बताएका छन् । ‘मेरो धर्म नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रियस्तर प्रतिस्पर्धा गर्न सकुन् भन्ने नै हो । म आज जहाँ छु यहाँहरूकै आर्सीवादले छु,’ उनले भने अस्तिको घटनाबारे उहाँले माफी मागिसक्नु भएको छ, मेरो शुभचिन्तक, नेपाली गीत संगीतलाई मायाहरू र सम्पूर्णलाई हामीहरू मिलिसकेको कुरा जानकारी गराउन चाहन्छु ।’

देश बाहिर रहेकाले आ-आफ्नो कर्म गर्नुपर्ने बताउँदै गायक राईले अब गली नगर्न पनि आग्रह गरेका छन् । ‘मानिस हो मानिसबाटै गल्ती हुन्छ, गल्ती स्विकार्नु पनि महानता हो,’ उनले भने, ‘उहाँ थोरै बिरामी हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना । अब उप्रान्त हाउलाई गाली गलोज नगर्न आग्रह गर्दछु ।’

यो पनि पढ्नुहोस : https://samudrapari.com/2022/01/401713/

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया