Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – जापानमा यस वर्ष पनि जग्गाको औसत मूल्यमा गिरावट आएको छ ।  कोरोनाभाइरस महामारीले होटल र पसल जस्ता व्यावसायिक सञ्चालनको लागि जग्गाको मागमा गिरावट आएकोले लगातार दोस्रो बर्ष जग्गाको मूल्य घटेको सरकारी तथ्यांकले देखाएको छ ।

भूमि, पूर्वाधार, यातायात तथा पयर्टन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाई १ सम्ममा देशभर गरिएको सर्वेक्षण अनुसार जग्गाको औसत मूल्य गत वर्षको तुलनामा शुन्य दशमलब ४  प्रतिशतले गिरावट आएको हो ।

सर्वेक्षणमा देशभरका २१,४४३ साइटमा रहेका व्यवसायिक, आवासीय र औद्योगिक सबै प्रकारका जग्गा समावेश गरिएको थियो ।

तथ्यांक अनुसार जापानको तीन ठूला महानगरीय क्षेत्रहरू – टोकियो, ओसाका र नागोयाको जग्गाको औसत मूल्यमा शुन्य दशमलब १ प्रतिशतले वृद्धि भएको देखिएता पनि ओसाकामा भने जग्गाको औसत मूल्य घटेको छ ।

क्षेत्र अनुसार, ओसाका क्षेत्रमा नौ बर्षमा पहिलो पटक व्यवसायिक जग्गाको औसत मूल्य घटेको हो । यस क्षेत्रमा १८ दशमलब ५ प्रतिशतले जग्गाको मूल्य घटेको छ । जुन देशव्यापी व्यवसायिक जग्गामा सबैभन्दा ठूलो गिरावट हो ।

जापानका ४७ प्रान्त मध्येका ४१ प्रान्तमा व्यवसायिक जग्गाको औसत मूल्यमा गत वर्षको तुलनामा शुन्य दशमलब ५ प्रतिशतले घटेको छ ।

त्यसैगरी देशभरको आवासीय जग्गाको औसत मूल्यमा शुन्य दशमलब ५ प्रतिशतले गिरावट आएको छ भने औद्योगिक जग्गाको मूल्यमा भने वृद्धि भएको देखिएको छ ।

तपाईको प्रतिक्रिया