Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – नेपाली बालबालिका एवं अशक्त बृद्धबृद्धाका लागि प्रतिमहिना सरदर १५ करोड ९७ लाख १० हजार २५० रुपैयाँको डायपर आयात हुने गरेको छ । भन्सार विभागले प्रकाशन गरेको आर्थिक वर्ष २०७८र०७९ चार महिनाको तथ्याङ्कमा आयातको उक्त अङ्क उल्लेख भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बालबालिका, अशक्त र बृद्धबृद्धाले दिशापिसाब सोस्न वा जम्मा गर्न डायपरको उपयोग पछिल्लो समय निरन्तर बढ्दो छ । आर्थिक वर्ष २०७८र०७९ को पहिलो चार महिना अर्थात् गत साउनदेखि कात्तिकसम्म विभिन्न १२ मुलुकबाट ६३ करोड ८८ लाख ४१ हजार मूल्य बराबरका चार करोड ६९ लाख ९० हजार ९९४ थान डायपर आयात भएको हो ।

सबैभन्दा धेरै भारतबाट ६० करोड ७० लाख १९ हजार १४३ मूल्य बराबरको चार करोड ४६ लाख ६६ हजार ६०४ थान डायपर आयात भएको छ । आयात भएको डायपरको भन्सार मूल्य १३ रुपैयाँ ५९ पैसा हुन आउँछ ।

दोस्रो धेरै आयात हुने मुलुकमा चीनबाट दुई करोड ६३ लाख ५४ हजार ६९ मूल्य बराबरको १९ लाख ३९ हजार २८४ थान डायपर आयात भएको छ । उक्त तथ्याङ्कलाई केलाउँदा नेपालीका लागि प्रतिमहिना एक करोड १७ लाख ४७ हजार ७४८ थान डायपरको आवश्यकता रहेको देखिन्छ ।

तेस्रो डायपर आयात हुने मुलुकमा पाकिस्तान पर्दछ । पाकिस्तानबाट चार महिनाको अवधिमा तीन लाख २८ हजार ६४० थान डायपर ४४ लाख ६६ हजार २१७ रुपैयाँमा आयात भएको छ । नेपालले डायपर आयात गर्ने चौथो ठूलो मुलुक थाइल्याण्ड हो । थाइल्याण्डबाट नेपालले ५६ हजार ४०० थान डायपर सात लाख ६६ हजार ४७६ रुपैयाँमा आयात गरेको छ ।

चार महिनाको डायपर आयातबाट राज्यले १८ करोड ७५ लाख ५९ हजार रुपैयाँ भन्सार असुली गरेको छ । आयातको अनुपात हेर्दा नेपालीलाई वर्षभरिमा झण्डै दुई अर्बको डायपर आवश्यक पर्ने भन्सारका अधिकारीहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया