Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – गुगललाई पछि पार्दै टिकटक अनलाइनमा सबैभन्दा लोकप्रिय गन्तव्य बनेको छ । सूचना प्रविधि सुरक्षा कम्पनी क्लाउडफ्लेयरका अनुसार मानिसहरूले सर्च इन्जिनभन्दा धेरै टिकटक हेर्न थालेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

क्लाउडफ्लेयरका अनुसार यस वर्षको फेब्रुअरी, मार्च र जुन महिनामा र गत अगष्टयता गुगललाई पछि पार्दै टिकटक पहिलो स्थानमा छ । गत वर्ष गुगल पहिलो स्थानमा थियो भने टिकटक, अमेजन, एप्पल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्स पनि शीर्ष १० मा अटाएका थिए ।

क्लाउडफ्लेयरका अनुसार क्लाउडफ्लेयर राडार प्रयोग गरेर विश्वव्यापी वेब सञ्जालको निगरानी गरिएको हो । कम्पनीका अनुसार टिकटक व्यापक मात्रामा हेरिनुको एउटा कारण कोभिड-१९ को महामारी पनि हो । गत जुलाईसम्ममा टिकटक ३ अर्बभन्दा धेरैपटक डाउनलोड भइसकेको छ ।

बाइटडान्सको मातहतमा रहेको सामाजिक सञ्जाल टिकटकका अहिले पनि मासिक एक अर्बभन्दा धेरै सक्रिय प्रयोगकर्ता छन् । यो सङ्ख्या निरन्तर बढ्दो क्रममा छ ।

तपाईको प्रतिक्रिया