Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

टाेकियाे – संसारको सबैभन्दा ठूलो फास्ट फुड कम्पनी म्याकडोनल्ड्स जापानमा फ्रेन्च फ्राइजको कमीसँग जुधिरहेको छ । आपूर्तिमा समस्याका कारण यस्तो समस्या निम्तिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार उसको फ्रेन्च फ्राइजका लागि विशेष प्रकारको आलु प्रयोग हुने गर्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ती आलु जापान पुग्न ढिलो भइरहेको कम्पनीले जनाएको छ । यसै कारण कम्पनी ३० डिसेम्बरसम्म आफ्नो फ्रेन्च फ्राइजलाई कमै बेच्ने जानकारी दिएको छ । कम्पनीले भनेको छ, ‘म्याकडोनल्ड्स जापान आफ्नो मिडियम र लार्ज फ्रेन्च फ्राइजको बिक्रिलाई सीमित गरिरहेको छ ता कि जापानका उसको उपभोक्ता फ्रेन्च फ्राइजको आनन्द लिइरहुन् ।’कम्पनीले बीबीसीसँगको कुराकानीमा जापानका उसका उपभोक्ता सानो प्याक भएको फ्रेन्च फ्राइज अर्डर गर्न सक्छन् । म्याकडोनल्ड्सका अनुसार कम्पनीले साधारणतया क्यानडाको भेन्कुवर नजिकैको बन्दरगाहबाट आलु निर्यात गर्छ ।

तर बाढीका कारण भएको हानी र कोरोनाका कारण प्रभावित भएको सप्लाई चेनका कारण यसमा ढिलाइ भइरहेको छ । कम्पनीले आलुको आपूर्तिमा बाधा उत्पन्न नहोस् भन्नका लागि विमान सेवाको प्रयोग गर्नेलगायतका विकल्प पनि अपनाइने जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया