Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडाैं – अर्थमन्त्री जनार्दन शर्माले अटोमोबाइल क्षेत्रले देशको आर्थिक विकासमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताएका छन् । नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको ४५ औं साधारणसभामा समाराेहमा बाेल्दै उनले बताएका हुन् ।

अटोमोबाइल व्यवसायले देशको राजस्वमा २५ प्रतिशत योगदन गर्ने गरेकोले यसलाई घटाएर फरक ढंगले यही क्षेत्रबाट राजस्वमा ५० प्रतिशतसम्म योगदान गर्नुपर्ने उनले बताए । ‘नेपालसँग जग्गा छ, श्रम छ, विद्युत् छ भने अब गाडी उत्पादन नेपालमै किन नगर्ने,’ उनले भने, ‘यो व्यवसायलाई अब फरक ढंगले अघि बढाउनु पर्छ । देशभित्रै गाडी उत्पादन गर्नुपर्छ ।’

व्यापारघाटा, बेरोजगारी, अविकास जस्ता समस्या समाधानका लागि अटोमोबाइल क्षेत्र समेत उपयुक्त क्षेत्र हुने उनले बताए । ‘नेपालमा सबैभन्दा बढी उपलब्ध भएको स्रोत जलविद्युत् हो र जलविद्युत्को उपभोग अटोमोबाइल क्षेत्रमा धेरै हुन सक्ने भएकोले अटो उद्योगको विकासमा सरकारले सघाउँछ,’ उनले भने, ‘यसका लागि सरकारसँग चाहिएको सुविधा यहाँहरुले माग्न सक्नुहुन्छ ।’

अर्थशास्त्र भनेको आफूलाई थाहा नभए पनि देशलाई कसरी आत्मनिर्भर बनाउने भन्ने आफूलाई थाहा भएको बताए । ‘देश सम्पन्न नभई यहाँका जनताले सुख पाउँदैन भन्ने मलाई थाहा छ,’ उनले भने, ‘आयातमा प्रतिबन्ध लगाउन आजको जमानामा सकिँदैन तर स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिन्छ । यसका लागि सरकार र निजी क्षेत्र दुबै लाग्नुपर्छ ।’

तपाईको प्रतिक्रिया