Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – आर्थिक वर्ष २०७७/७८ मा नेप्से परिसूचकमा उछाल आएको देखिएको छ।

२०७८ असार मसान्तसम्म नेप्से सूचकांक वार्षिक विन्दुगत आधारमा २८८३.४ को विन्दुमा पुगको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १११.६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष पनि ८.२ प्रतिशतले वृद्धि नेप्से सूचकांक १३६२.४ को विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो। २०७७ असार मसान्तमा २८८.३ रहेको नेप्से सेन्सेटिभ सूचकांक पनि ८७.८ प्रतिशतले वृद्धि भई २०७८ असार मसान्तमा ५४१.४ पुगेको छ। त्यसैगरी नेप्से फ्लोट सूचकांक उक्त अवधिमा ९५.५ बाट १०९.८ प्रतिशतले वृद्धि भई २००.३ पुगेको छ।  अघिल्लो वर्ष धितोपत्र बजार कारोबार रकम रु. १५० अर्ब ४ करोड रहेकोमा समीक्षा वर्षमा ८.७ गुणाले वृद्धि भई रु. १४५४ अर्ब ४४ करोड पुगेको छ।

धितोपत्रबजार पुँजीकरण वार्षिक विन्दुगत आधारमा १२३.७ प्रतिशतले वृद्घि भई २०७८ असार मसान्तमा रु. ४०१० अर्ब ९६ करोड पुगेको छ। यसअनुसार २०७८ असार मसान्तमा बजार पुँजीकरणको कुल गार्हस्थ्य उत्पादनसंँगको अनुपात ९४.० प्रतिशत रहेको छ। २०७७ असार मसान्तमा यस्तो अनुपात ४५.८ प्रतिशत रहेको थियो।  बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्थाहरु (बीमा कम्पनीसमेत) को अंश ६८.९ प्रतिशत, जलविद्युत क्षेत्रको ८.४ प्रतिशत, लगानी कम्पनीको ८.१ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको ३.७ प्रतिशत, होटेलको १.५ प्रतिशत, व्यापारिक संस्थाको ०.५ प्रतिशत र अन्यको ८.९ प्रतिशत रहेको छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरको चुक्ता मूल्य आर्थिक वर्ष २०७७/७८ मा २१.१ प्रतिशतले वृद्धि भई रु. ५७३ अर्ब २४ करोड पुगेको छ। आर्थिक वर्ष २०७७/७८ मा रु. २८४ अर्ब ९५ करोडबराबरको सरकारी ऋणपत्र, रु. ४६ अर्ब ७४ करोडबराबरको बोनस शेयर, रु. ४२ अर्ब १७ करोड बराबरको साधारण शेयर, रु. १८ अर्ब ५५ करोड बराबरको डिबेन्चर, रु. ६ अर्ब ८५ करोड बराबरको म्युचुअल फन्ड र रु. ५ अर्ब ५२ करोडबराबरको हकप्रद शेयरगरी कुल ४ खर्ब ४ अर्ब ७७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या २०७८ असार मसान्तसम्ममा २१९ पुगेको छ। २०७७ असार मसान्तमा यस्तो संख्या २१२ रहेको थियो। सूचीकृत कम्पनीमध्ये १४३ बैंक तथा वित्तीय संस्था (बीमा कम्पनीसमेत) रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४ व्यापारिक संस्था, ५ लगानी कम्पनी, ५ होटल र ३ अन्य समूहका छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया