बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडाैं – नेपालले भारतलगायत मध्यपूर्व र पश्चिमी मुलुकहरूसँग जोड्ने पश्चिमतर्फको हवाइ रुट लिमा-६२६ लाई दुईतर्फी बनाउन भारतलाई आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतीय समकक्षी ज्योतिरादित्य एम सिन्धियासँग उक्त अनुरोध गरेका हुन् ।

‘म २६ गते दिल्ली गएको थिएँ । भ्रमणमा त्यहाँका पर्यटन मन्त्री र नागरिक उड्डयन मन्त्रीसँग आधा घण्टा मेरो छलफल भयो । नेपाललाई भारत लगायत मध्यपूर्व र पश्चिमी मुलुकहरूसँग जोड्ने पश्चिमतर्फको हवाइ रुट लिमा-६२६ लाई दुईतर्फी बनाउन आग्रह गरेँ । दिल्लीमा ६ टू ६ वान वे छ, त्यसलाई टू वे सञ्चालन गर्नुप¥यो भनेर आग्रह गरेँ,’ मन्त्री आलेले आज नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठकको उद्घाटन समारोहमा भने ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्रीबाट छिटै उद्घाटन हुने जानकारी दिंदै उनले सो विमानस्थलमा भोलि गएर ल्यान्डिङ र टेकअप गर्नको लागि समस्या आउने बताए । यो समस्या हटाउन हवाइ रुट लिमा-६२६ लाई दुईतर्फी बनाउनु पर्ने उनले जनाए ।

पर्यटनमन्त्री आलेले भारतीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य एम सिन्धियासँग भारतमा नेपाल एयरलाइन्सको दुई वटा विमान उडान भर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको जनाए । ‘अहिले हाम्रो नेपाल एयरलाइन्सको जहाज एउटा मात्रै दिल्ली जाने गर्छ । कम्तिमा त्यसलाई दुई वटा बनाइदिनु प-यो भनेको छु । एयर बबल त्यहाँ लागू भएको छ त्यसलाई पनि छिटै हटाउनु प-यो भनेर समकक्षी मन्त्रीलाई भनेको छु,’ उनले बताए ।

तपाईको प्रतिक्रिया