बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं सेयर बजारको ओरालो यात्राले आज पनि निरन्तरता दिएको छ । यस साताको अघिल्ला दुई कारोबार दिन पनि घटेको सेयर बजारले साताको अन्तिम कारोबार दिन बिहीबार पनि ओरालो यात्रालाई नै निरन्तरता दिएको हो ।

२ दिन सार्वजनिक बिदा परेको हुनाले यो साता ३ दिन मात्र कारोबार भएको छ । ३ दिनको कारोबारमा ३ दिन नै नेप्से ओरालो झरेको छ । ३ दिनको अवधिमा नेप्से परिसूचक १५८.५६ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ५९.५७ अंकले घटेर २६९०.२९ विन्दुमा झरेको छ । नेप्से २।१७ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १०.६३ अंकले घटेर ५०२.१९ विन्दुमा झरेको छ ।

कूल २२५ वटा कम्पनीको ९४ लाख ७५ हजार ९ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५ सय ४० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ ।

तपाईको प्रतिक्रिया