बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – सरकारले सहुलियत कर्जाको व्यवस्था ल्याएपछि हालसम्म यस्तो कर्जा लिनेको संख्या १८ सय नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म एक हजार ८९० कम्पनी तथा फर्मले एक करोडभन्दा बढी सहुलियत कर्जा लिएका छन् । आर्थिक वर्ष २०७५ /०७६ देखि सहुलियत कर्जाको व्यवस्था गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार ५५ वटा बैंक तथा वित्तीय संस्थाबाट सहुलियत कर्जा वितरण भएको छ । सरकारले ३ वर्षअघि अर्थात् २०७५/०७६ को बजेटमार्फत सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिएको थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १ करोड रूपैयाँभन्दा बढीको कर्जा लिनेमा प्रदेश–१ मा ३४६ फर्म, प्रदेश–२ मा ४२०, बागमतीमा ७९५, गण्डकीमा १९३, लुम्बिनीमा २६१, कर्णालीमा प्रदेशमा जम्मा ४ र सुदूरपश्चिममा ७१ वटा ऋणी छन् ।

सबै गरेर भने अर्थात् साना ठूला सहुलियत कर्जा लिने ऋणीको संख्या भने १ लाख २९ हजार ६८० पुगेको छ । जसमा ५५ वटा बैंक तथा वित्तीय संस्थामार्फत हालसम्म २ खर्ब ३१ अर्ब ४३ करोड ३६ लाख ६४ हजार रूपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको हो ।

सहुलियत कर्जा लिनको सूची :-

तपाईको प्रतिक्रिया