Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडाैं – चीनमा इन्टरनेटबाट निकै चर्चित बनेको अलपत्र छोडिएको एउटा कुकुर लिलामीमा २५,००० अमेरिकी डलरमा बिक्री भएको छ । उक्त कुकुरलाई सात वर्षअघि घरपालुवा जनावरलाई तालिम दिइने एक केन्द्रमा छोडिएको थियो । तर उसका मालिक कहिल्यै फर्किएनन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यसपछि बेइजिङस्थित एउटा अदालतले उक्त आठवर्षे कुकुरलाई लिलामीमा राख्न आदेश दिएको थियो । अनलाइनमार्फत् गरिएको लिलामीले व्यापक चासो उत्पन्न गराएको थियो । सुरुमा ७८ डलर मूल्य तोकिएको दङ दङले ३२० गुनाभन्दा बढी मूल्य पायो । यो जापानी सिकारी कुकुर ‘शिबा इनु’ जातको कुकुर हो ।

लिलामीको प्रक्रिया २४ घण्टामा सम्पन्न भइसक्नुपर्ने थियो । तर ४८० जनाले किन्ने इच्छा देखाएपछि तथा लिलामी प्रक्रियाको सूचना १,६६,००० भन्दा बढी पटक हेरिएपछि उक्त प्रक्रिया पाँच घण्टा लम्ब्याइएको थियो । शिबा इनु नाम गरेको क्रिप्टोकरेन्सीको मूल्यवृद्धिसँगै त्यो जातको कुकुरको माग पनि व्यापक रूपमा बढेको छ ।

गत महिना अर्बपति एलन मस्कले आफूले पालेको शिबा इनुको एउटा बच्चाको तस्बिर सामाजिक सञ्जालमा प्रेषित गरेका थिए । अलपत्र छोडिएको दङ दङका कारण प्रशिक्षण केन्द्रले घाटा बेहोर्नुपरेको थियो । त्यसैले उसले कुकुरको मालिकविरुद्ध मुद्दा दायर गर्‍यो र शुल्क तिर्न भन्यो । तर अदालतले समेत उसको मालिक फेला पार्न नसकेपछि दङ दङको लिलामी गरिएको हो ।

कुकुर प्रशिक्षण केन्द्रले गरेको विज्ञापन र साथै प्रकाशन गरिएको भिडिओ चिनियाँ सामाजिक सञ्जाल वेबोमा भाइरल भयो । कैयौँ प्रयोगकर्ताहरूले कुकुरप्रति सहानुभूति व्यक्त गरे । शिबा इनु छोटो रौँ अनि स्यालको जस्तो अनुहार भएको फुर्तिलो सानोदेखि मध्यम आकारको सिकारी कुकुर हो । दङ दङ किन्ने व्यक्ति को हुन् भन्ने कुरा भने खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया