Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – टेस्लामा रहेको आफ्नो शेयरको केही हिस्सा बेच्ने कि नबेच्ने भन्दै एलन मस्कले ट्विटरमा सर्वेक्षण गरेका छन् । उनले आफ्नो ६ करोड २५ लाख फलोअरमाझ सर्वेक्षण सुरु गरेका हुन् ।

मस्कले सन् २०२१ को चौथौँ त्रैमासिकमा आफ्नो शेयरको केही हिस्सा बेच्ने भन्दै आएका थिए । ‘टेस्लामा भएको मेरो १० प्रतिशत सेयर बेच्न प्रस्ताव गर्छु,’ मस्कले ट्विटमा लेखेका छन्, ‘तपाईँ यसलाई समर्थन गर्नु हुन्छ ?’

उनले ट्विटर सर्वेक्षणबाट आउने नतिजालाई आफूले पालना गर्ने पनि प्रतिबद्धता जनाएका छन् । टेस्लाको शेयरको मूल्य बढेपछि अन्य सेयर धनीहरूले पनि पछिल्लो समय शेयर बिक्री गरिरहेका छन् ।

यो वर्षको तेस्रो त्रैमासिकमा टेस्लाले नाफा बढाएपछि कम्पनीको शेयरको मूल्य पनि अकासिएको छ । कार भाडामा दिने कम्पनी हर्ट्जले १ लाख टेस्ला कार किन्ने घोषणा गरेपछि कम्पनीको शेयरको मूल्य लगातार बढिरहेको छ ।

मस्कले गरेको ट्विटमा हालसम्म करिब ३२ हजार कमेन्ट भएको छ भने यो ट्विट करिब २३ हजार पटक रिट्विट भएको छ । ६८ हजार भन्दा बढीले यसलाई लाइक गरेका छन् । मस्कको टेस्लामा रहेको शेयरको १० प्रतिशतको मूल्य करिब २६ अर्ब डलर हुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया