शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – कोभिड महामारीका समयमा भारी रुपमा मदिरापान गर्ने चलन बढेसँगै कलोजो प्रत्यारोपण आवश्यक पर्ने बिरामीमा पनि वृद्धि भएको पाइएको छ ।

हालै सार्वजनिक नयाँ रिसर्चको रिपोर्ट अनुसार महामारी अगाडिको अवस्थासँग तुलना गर्दा ‘अल्कोहोलिक हेपटाइटिस’ अर्थात् अत्याधिक मदिरापानले निम्त्याउने यो गम्भीर स्वास्थ्य समस्याका कारण प्रत्यारोपणको पर्खाइमा रहनुपर्नेहरुको संख्या ५० प्रतिशतले बढेको छ ।

अल्कोहोलिक हेपटाइटिस हुँदा कलेजोले मदिरालाई पचाउन छाड्छ र त्यसको सट्टा अत्यन्तै विषाक्त रसायन उत्पादन गराइ ‘इन्फ्लामेसन’ गराउँदछ । सो इन्फ्लामेसनले कलेजोका स्वस्थ सेलहरुलाई नष्ट गरिदिन्छ अनि कलेजोमा अपरिवर्तनीय क्षति पु¥याउँछ जसपछि बिरामील कलेजो प्रत्यारोपण नगरि बाँच्न नसक्ने अवस्थामा पुग्छन् ।

अल्कोहल हेपटाइटिस प्रायः वर्षौसम्म भारी मदिरापान गर्दा उत्पन्न हुने स्वास्थ्य समस्या हो । तर अत्याधिक धेरै मदिरा पान गर्दा छोटो समयमा पनि निम्तिन सक्छ । वैज्ञानिकहरुले किन यो अवस्था केही मानिसमा छिटै विकसित हुन्छ र केहीमा हुँदैन भन्ने पत्ता लगाउन सकेका छैनन् ।

यो रिसर्चका लागि चाहिँ महामारी अगाडिको डाटा लिएर त्यस बीचका बिरामीको सङ्ख्या तुलना गरिएको हो । ‘जामा नेटवर्क ओपन’ मा प्रकाशित अध्ययनको निष्कर्षमा बढी मदिापानकै कारण कलेजो प्रत्यारोपण गराउनुपर्ने अवस्था पनि बढी सिर्जना भएको बताइएको छ । साथै यसमा महामारीका समयमा मदिराको व्यापारमाथि पनि प्रकाश पारिएको छ ।

अध्ययनकर्ताहरुका अनुसार विशेष गरी २०२० मार्च महिनापछि मदिराको व्यापारमा उच्च वृद्धि देखा परेको हो । अमेरिकामा मात्र जनवरी २०२१ सम्म ५१ हजार ४८८ बिरामी कलेजो प्रत्यारोपणका लागि पर्खिरहेका थिए जसमध्ये ३२ हजार ३२० जनामा अल्कोहोलिक हेपटाइटिस रहेको छ ।

खोजकर्ताहरुले लेखेका छन्, ‘हामीले निश्चित क्षति पक्का गर्न नसकेपनि महामारीका समयमा मदिराको दुरुपयोगले कलेजोमा कति गम्भीर असर पारिरहेको छ भन्ने यसले स्पष्ट पारेको छ । यो चिन्ताजनक अवस्था हो ।’

तपाईको प्रतिक्रिया