शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौँ – फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनडुब्बी सम्झौताको विषयमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफूसँग झुटो बोलेको आरोप लगाएका छन् ।​ इम्यानुएल म्याक्रोंलाई के स्कट मोरिसनले तपाईंसँग झुटो बोलिरहेको छ भन्ने लाग्छ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘मलाई यो लाग्दैन मात्रै मलाई यो राम्रोसँग थाहा छ ।’

हालै अर्बौं डलरको पनडुब्बी निर्माणको एक सम्झौताका कारण अष्ट्रेलिया र फ्रान्सबीचको सम्बन्धमा तनाव निम्तिएको छ । अष्ट्रेलियाले फ्रान्ससँग १२ पनडुब्बी बनाउनका लागि एउटा सम्झौता रद्द गरेर अमेरिका र बेलायतसँग एउटा नयाँ रक्षा सम्झौता गरेको थियो । यो सम्झौतालाई अकस भनिँदैछ । यसमा अष्ट्रेलियाको परमाणु ऊर्जाबाट पनडुब्बी बनाउने प्रविधि दिइनेछ ।

यो निर्णयमा फ्रान्सले असन्तुष्टि जनाउँदै यसलाई ‘पिठेयूँमा चक्कू घोपेको’ जस्तो भनेका थिए ।  फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको थियो ।

तपाईको प्रतिक्रिया