आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

टोकियो – पछिल्लो वर्षयता प्रविधिको क्षेत्र यसरी उकालो लाग्दैछ कि विश्वका अधिकांश धनी व्यक्तिहरुको सम्पत्तिको स्रोत नै प्रविधि बनिरहेको छ । जापान अन्य मुलुकभन्दा प्रविधिमा आत्मनिर्भर छ । र यहाँ इलेक्ट्रोनिक उपकरण निर्माण गर्ने कम्पनी धेरै छन् । जापानको धनाढ्यको सूची हेर्ने हो भने पनिको सूचीको अग्र स्थानमा जापानी इलेक्ट्रोनिक सेन्सर निर्माता कम्पनी केयेन्सका संस्थापक ताकेमित्सु ताकीज़ाकी छन् ।

ताकेमित्सु ताकीज़ाकी हाल जापानको सवैभन्दा धनी व्यक्ति हुन् । ब्लूमबर्गका अनुसार ७६ वर्षीय ताकेमित्सुको सम्पत्ति ३८.२ बिलियन अमेरिकी डलर रहेको छ । उनी अहिले एसियाकै नवौं धनी व्यक्ति हुन् ।

केयेन्स कर्पोरेसन सन् १९७४मा स्थापना भएको कम्पनी हो । सो कम्पनीले भेइकल, इलेक्ट्रोनिक फार्म तथा फुड प्याकेजरका लागि औद्योगिक स्वचालन सेंसर, दृष्टि प्रणाली, बारकोड रीडर, लेजर मार्कर जस्ता उपकरण उत्पादन गर्दै आएको छ । कम्पनीको प्राविधिक विकासले स्वचालनका नयाँ आयामहरु खोलिदिएको छ भने यसको प्रयोगमा पनि उछाल आएको छ ।

कोरोना महामारीमा सरकारले सामाजिक दूरीको लागि प्रोत्साहन दिएको कारण महामारीमा स्वचालीत उपकरणको मागलाई बढावा पुग्यो । जसकारण केयेन्स कम्पनीको इलेक्ट्रोनिक सेन्सरको पनि उत्पादन दर बढेको विश्लेषकहरुको भनाइ छ ।

अहिले कारखानादेखि अस्पताल, प्रशासनिक कार्यमा स्वचालीत उपकरणको प्रयोग निकै बढेको छ । कुनै पनि स्वचालीत उपकरणमा विभिन्न सेन्सरको अत्याधिक प्रयोग गरिएको हुन्छ । यिनै सेन्सरहरुले वातावरणमा आएको कुनै पनि सानोभन्दा सानो बदलावलाई पत्ता लगाएर उपकरणलाई त्यस बदलावअनुरुप कार्य गर्न निर्देशन दिन्छ र उपकरणले त्यसैअनुरुप कार्य गर्छ ।

यी जापानी अरबपति ओसाकामा बस्दछन् । उनको जन्म सन् १९४५ मा भएको थियो ।

तपाईको प्रतिक्रिया