Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – हालै सार्वजनिक भएको आईओएस १५ मा स्वतः फाइल डिलिट हुने गम्भीर सुरक्षा कमजोरी देखिएको छ । पछिल्लो रिपोर्टअनुसार आईक्लाउडमा ब्याकअप राखिएका फोटोहरू प्रयोगकर्ताको मोबाइलबाट स्वतः डिलिट हुने समस्या देखिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

म्यासेजेज एप सहितको आईओएस १५ र आईक्लाउड ब्याकअपबीचको अन्तरक्रिया हुँदा यस्तो समस्या देखिएको म्याक रुमर्सले उल्लेख गरेको छ । यदि प्रयोगकर्ताले म्यासेजेज थ्रेडबाट फोटोहरू सेभ गरेको छ र एकपछि अर्को थ्रेड डिलिट गर्ने गरेको छ भने अर्कोपटक आईक्लाउड ब्याकअपले त्यस्ता फोटो स्वतः डिलिट गरिदिने गरेको छ ।

यसको अर्थ फोटो लाइब्रेरीमा सुरक्षित रुपमा सेभ भएको देखिने फोटो कहिलेकाहीँ निश्चित समयपछि आफैँ डिलिट भइदिन सक्छ । यस्तोमा ब्याकअप राखेको ठानिएका फोटो समेत आईफोनबाट गायब हुनसक्छन् ।

एप्पलको तर्फबाट यो बग फिक्स नहुञ्जेलसम्म आफूले सुरक्षित राख्न चाहेको कुनै फायल अन्यत्र सेभ भएको सुनिश्चित नगरी त्यस्तो फोटो रहेको म्यासेज थ्रेड्स डिलिट नगर्नुहोस् । यदि तपाईंले आफ्नो म्यासेज थ्रेडबाट केही चिज हटाइसक्नु भएको छ भने त्यसभित्र रहेको फोटोको अतिरिक्त प्रतिलिपि बनाएर ब्याकअप राख्न नभुल्नुहोस् ।

तपाईको प्रतिक्रिया