शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – सरकारले संविधान दिवसको अवसर पारेर ५२३ जना कैदीहरुको सजाय माफ गरेको छ । विभिन्न जेलमा रहेका ५२३ जनाको कैद कट्टी गरी उनीहरुलाई माफी दिइएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार ती कैदीको सजाय माफ गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जेलमा बस्दा चालचलन सुधारिएका र जघन्य अपराधमा बाहेक दोषी ठहर भएका कैदीहरुको कैद माफ गर्ने कानूनी व्यवस्था भए अनुसार उनीहरुले माफ पाएका हुन् । गएको भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले कैद माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया